दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मध्य भोटेकोशीको आइपिओ शुक्रवार बाँडफाँट हुने

काठमाडौँ । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपिओ शुक्रवार बाँडफाँट हुने भएको छ । 

आईपीओको बाँडफाँट शुक्रवार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा हुने तय भएको छ ।

आइपिओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । 

जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आइपिओ गोला प्रथाबाट वितरण गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ३५ बजे