कस्तो छ आजको मौसम ?

काठमाडौँ । मुलुकका थोरै स्थानमा आज वर्षाको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनीय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस् ।

यद्यपि, दिउँसो पहाडी भू–भागमा बदली  रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

राति पहाडी भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना छ । 

बिहीबार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ४५ बजे