माथिल्लो मनाङमा हिमपात

खोटाङका १० वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन

खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । 

१०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले मङ्गलवार दुई नगरपालिका र आठ गाउँपालिकामा सर्वसहमतीय ढङ्गले पालिका कमिटी निर्माण गरेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमाले अध्यक्षमा ३३ वर्षीय गोपालचन्द्र आचार्य चयन हुनुभएको छ  ।  ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा मनिचन्द्र राई, सचिवमा चित्रकुमार राई, उपसचिवमा लीला चौहान र विनोद खड्का चयन हुनुभएको छ।

हलेसी तुवाचुङ नगरपालिकामा ४९ वर्षीय डिल्ली चाम्लिङ नगर कमिटी अध्यक्ष चुनिनुभएको छ । उपाध्यक्षमा उमेशकुमार पौडेल, अनिश कार्की, रविन साम्पाङ, युवराज आले, वर्णकुमार राई, लंकसेर राई, लोचन श्रेष्ठ, फौदसिं कार्की र नयन राई चयन हुनुभएको छ । सचिवमा प्रमोद श्रेष्ठ र सर्वधन वस्नेत, उपसचिवमा रुद्रबहादुर खत्री, रवि राई, दुर्गा श्रेष्ठ र घनश्याम रेग्मी चयन हुनुभएको एमालेले जनाएको छ । 

ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका अध्यक्षमा ३९ वर्षीय टेकेन्द्र राजभण्डारी चुनिनुभएको छ । पालिका कमिटीको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उपसचिवमा सविन राई र बालकुमार राई चयन हुनुभएको छ ।

केपिलासगढी गाउँपालिकामा एमाले अध्यक्षमा खगेन्द्र राई, उपाध्यक्षमा सन्तोष राई, सचिवमा नारायण राई, सहसचिवमा भानु तिम्सिना र ज्ञानकुमार राईलाई चयन गरिएको छ । 

खोटेहाङ गाउँपालिकामा एमाले पालिका कमिटी अध्यक्षमा विकास राई, उपाध्यक्षमा टङ्कप्रसाद खतिवडा, सचिवमा अम्बरबहादुर बस्नेत, उपसचिवमा सन्तोष राई र अशोक सिलवाल चयन हुनुभएको छ ।

एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा यामकुमार राई, उपाध्यक्षमा राजकुमार राई, सचिवमा जगत किराती, सहसचिवमा कजन खड्का र सम्झना राईलाई चयन गरिएको छ ।

एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्ष धनकुमार राई, सचिवमा मनोज राई, उपसचिवमा विजय राई र मिलन राई चयन भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो । 

एमाले बराहपोखरी गाउँपालिका अध्यक्षमा दीर्घबहादुर मगर, उपाध्यक्षमा देशबिर राई र नवीन तामाङ, सचिवमा निश्चल खड्का, उपसचिवमा टिका आचार्य राई र राजेश बञ्जरा चयन हुनुभएको छ ।

रावाबेँसी गाउँपालिकामा एमाले पालिका अध्यक्षमा बलराम रिजाल, उपाध्यक्षमा समला राई, सचिवमा यज्ञनारायण श्रेष्ठ ९राजु०, उपसचिवमा शिवराज राई र रिजन भुजेल चयन हुनुभएका छन् ।

साकेला गाउँपालिका अध्यक्षमा आश्विनचन्द्र राई, उपाध्यक्षमा शिव कट्वाल, सचिवमा शिव बस्नेत, उपसचिवमा चन्द्रकला ढकाल र लक्ष्मीभक्त ढकाल चयन भएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ८ : ०५ बजे