बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा 

काठमाडौं – नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । 

मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । 

३७ सदस्यीय समिति बैठकमा धारणा राखेकामध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले जानकारी दिए । 

प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेको, न्यायालयको गरिमामा आँच पु¥याउने कार्य भएकोजस्ता आरोप लाग्दै आएको छ ।

सर्वाेच्च अदालतकै १४ जना न्यायाधीशले  प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा आफ्नो गल्ती सच्याउने प्रतिबद्धता जनाउनुपर्ने भन्दै इजलास नै बहिस्कार गरेका छन् । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ०७ बजे