विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

पेस्तोल र गोली बरामद

काठमाडौं – काठमाडौं महानगरपालिका-२६ कपुरधारा डेरा गरी बस्ने सोलुखुम्बु साबिक देउसा गाविस-४ घर भएका ३४ वर्षीय मिलन कुमार राईको कोठाबाट १ थान पेस्तोल, सोही पेस्तोलको ४ राउण्ड गोली, २ थान म्याग्जिन, १ थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरु सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

बिगत सात महिनादेखि मिलन सम्पर्कमा नआएपछि प्रहरी, जनप्रतिनिधि, स्थानीय भद्रभलादमीको रोहबरमा मिलनको कोठा विधिवत खाली गर्ने क्रममा झोलाभित्र उक्त हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको हो ।

मिलनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ३ : २५ बजे