सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबीच छलफल सुरु

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । केही समययता प्रधानन्यायाधीश जबरासँग न्यायपालिका र उनीमाथि प्रश्न उठेपछि न्यायाधीशहरूले छलफल थालेका हुन्। 

सोमबार बसेको १४ जना न्यायाधीशहरूको बैठकले आजको भेटमा कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश जबराबारे उठेका प्रश्नहरुबारे सोध्ने र उनको प्रतिक्रिया हेरेर थप कदम चाल्ने निर्णय गरेको थियो । 

यसअघि नै नेपाल बार एसोसिएसन र पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबराको  राजीनामा माग गरिसकेका छन् । 

न्यायाधीशहरूको बैठकका कारण सर्वाेच्चमा नागरिकका सयौं मुद्दा प्रभावित भएका छन् । जबराका कारण न्यायालय विवादमा मुछिएको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतमा पेसी चढेका २ सय १६ वटा मुद्दाको सुुनुवाइ हुन सकेन । आइतबार पनि २ सय ६१ वटा मुद्दामा ३१ वटा मुद्दाको मात्रै सुनुवाइ भएकाे थियाे । 

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १२ : ४८ बजे