‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला

काठमाडौँ — नेकपा एमाले वाग्मती प्रदेशको मुख्य सचेतकमा दीपक निरौलालाई आज मनोनित गरिएको छ ।

दलका नेता एवम वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमालेको दलको विधान २०७७ को दफा १३ बमोजिम दिपक निरौलालाई मुख्य सचेतकको रुपमा मनोनयन गर्नुभएको हो। वाग्मती प्रदेशको मुख्य सचेतकमा निरौलालाई नियुक्त गरेको जानकारी प्रदेश सभाको सचिवाललाई समेत दिइएको छ ।

यसअघि वाग्मती प्रदेशको मुख्य सचेतकको रुपमा केशव पाण्डे हुनुहुन्थ्यो । पाण्डे बागमती प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भएपछि उक्त खाली पदमा निरौलालाई उक्त पदमा नियुक्त गरिएको हो।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  २ : ४९ बजे