यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेसँग सहमति गरेर एमसीसी पास गर्छौं : परराष्ट्रमन्त्री खड्का

उदयपुर – परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् ।

नेपाल प्रेस युनियनले आज उदयपुर जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भएकाले एमसीसी पास गर्नु आवश्यक छ, तर यसका लागि राजनीतिक दलहरुको सहमति बिना पास गर्न सम्भव छैन, त्यस कारण सबै दलहरुबीच छलफल गरेर सहमति भएमात्र एमसीसी पास हुन्छ ।’

एमसीसी पास गर्न वर्तमान गठबन्धन सरकारले गठबन्धन भित्र नै व्यापक छलफल गर्ने र प्रतिपक्षमा रहेको नेकपा (एमाले)बीच पनि छलफल गरेर सहमति भए तत्कालै एमसीसी पास हुने मन्त्री खड्काले बताए।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ०६ बजे