दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । 

छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँ दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । 

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहेको छ । तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ९१ हजार ६०० तोकिएको थियो । 

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २६५ पुगेको छ  ।

चाँदी आइतबार प्रतितोला रु एक हजार २६० मा कारोबार भएको थियो । 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : ०६ बजे