साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अमेरिकाले अनुदान दिएको कोभिड विरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौँ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । 

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एयरवेजको विमानबाट आज बिहान काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ ।  अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १० : ०० बजे