साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरियामा नेपाली कविका कृतिलाई २५ लाख पुरस्कार

सउल । दक्षिण कोरियामा नेपाली कविका संयुक्त कविता कृति ‘यो मेशिनको सहर हो’ लाई २५ लाख कोरियन वनसहित कोरियाको एक प्रतिष्ठित पुरस्कार ‘एसिया भिजन’ प्राप्त भएको छ । 

कोरियाको प्रतिष्ठित साहित्य संस्था हेसान बाग्दुजिनद्वारा गत आइतबार एक समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो ।

कोरियाका लोकप्रिय कवि स्व बाग्दुजिनको नाममा स्थापित उक्त संस्थाले प्रतिष्ठित बाग्दुजिन पुरस्कार र आन्सङ पुरस्कार प्रदान गर्दै आएको थियो । संस्थाले यसपालिदेखि ‘एसिया भिजन पुरस्कार’ प्रदान गर्न सुरु गरेको हो । पहिलो पटक प्रदान गरिएको यो पुरस्कार चिनिया कवि जनउन्जी र नेपाली कविका पुस्तकलाई संयुक्त रूपमा प्रदान गरिएको हो । 

पचास लाख कोरियन वन (नेपाली रुपैयाँ पाँच लाख बराबर)  नगद राशिको उक्त पुरस्कार दुई कृतिलाई संयुक्त रूपमा प्रदान गरिएका कारण नेपाली कृतिले २५ लाख हात पारेको हो । 

कार्यक्रममा नेपाली पुस्तक ‘यो मेशिनको सहर हो’ को समीक्षा गर्दै एसिया फाउन्डेसनका अध्यक्ष जो नामछलले विदेशमा कामदारको रूपमा कार्यरत भए पनि नेपाली कविका कवितामा उच्च काव्यिक चेतना रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली पुस्तक टोलीको प्रतिनिधिको रूपमा अनुवादक तथा कवि मोहन कार्कीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको रकमले कोरियामा रहेका नेपाली कथाकारको कथालाई अनुवाद गरी कोरियन भाषामा प्रकाशन गर्ने योजना रहेकोसमेत कार्कीले बताउनुभयो ।

कोरियामा रोजगारीलगायत विविध पेसामा आबद्ध नेपाली ३५ कविका ७० कविता समावेश भएको कविता सङ्ग्रह ‘यो मेसिनको सहर हो’ गत पुसमा प्रकाशन भएको थियो । कृतिमा कवि सुरेशसिंह सम्बाहाङ्फे, सेसेफुङ सेर्मा, जीवन खत्री, बोनम प्रताप, सुष्मा रानाहँछा, शकुन आँसु, खोम गुरुङ, बाबु बलिन्द्र, सुन्दर गाउँले, निर्गराज राई, रमेश सायन, गनिन्द्र विवश, रामकुमार राई, मधु सिङ्जाली मगर, विङ्कल चेम्जोङ, सञ्जय काउछा, दीपा मेवाहाङ राई, यल्जी विवश, वियोगी काइँलालगायत कविता समाविष्ट छन् ।

कविताको पराजित पोमुले सम्पादन गरेको कृतिलाई कोरियन कवि इ गिजु (मुना) र मोहन कार्कीले अनुवाद गर्नुभएको हो । 

नेपाली भाषामा लेखिएका कवितालाई कोरियन भाषामा अनुवाद गरी कोरियाको प्रतिष्ठित प्रकाशन गृह ‘नाम्छाड’ ले गत पुसमा प्रकाशन गरेको थियो । 

कविता कृति ‘यो मेशिनको सहर हो’ नेपाली भाषामा पनि प्रकाशन गर्ने योजना रहेको प्रकाशकले बताएका छन् । यस कृतिलाई यसअघि पनि ‘रेड अवार्ड’ प्रदान गरिएको थियो । 

केही महिना अघि राजधानी सउलमा रुसी बोल्सेभिक क्रान्तिको स्मृतिका अवसरमा ‘रेड अवार्ड’ प्रदान गरिएको थियो ।  रासस 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : ४१ बजे