विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बालबालिका विरुद्धको कसुर गरेको अभियोगमा विदेशी नागरिक पक्राउ

कास्की । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिका विरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–६ लेक साइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिवार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

नाबालकलाई ललाइफकाइ, डर त्रास, धाक धम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ  । 

अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिनुभयो । 

उनको साथबाट ल्यापटप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।रासस 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : २६ बजे