साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै

काठमाडौँ ।  अमेरिकाले नेपाललाई अनुदान स्वरूप प्रदान गरेको कोभिड विरुद्धको फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ  । 

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले  जनाएको छ  ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो । 

फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ८ : १८ बजे