माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज कहाँ–कहाँ पर्छ पानी ?

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जसकारण आज दिउँसो देशभर बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ , बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ०७ बजे