माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

अध्यक्ष ओलीको राष्ट्रवादी छविले आकर्षित गरयो : लेखराज भट्ट

झापा– नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी छविले आकर्षित गरेको बताउनुभएको छ ।

झापामा आइतबार भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने आँट गरेकाले ओलीसँग प्रभावित भएको बताउनुभयो । उहाँले अर्को कुनै प्रधानमन्त्री भएको भए त्यो आँट गर्न नसक्नेसमेत उल्लेख गर्नुभयो ।

पूर्वमाओवादी नेता भट्टले प्रचण्ड नाम एकता, संघर्ष र विश्वंस भएको उल्लेख गर्दै प्रचण्डले कहिल्यै पार्टी र मुलुक नबनाउने दाबीसमेत गर्नुभयो । ‘मान्छे मरिहेका छन्, सुदूरपश्चिम डुबानमा छ तर उहाँ जिपलाइनमा रमाइलो गरेर बसिरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘जनयुद्ध त्यसैका लागि गरेको हो ।’

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : १० बजे