माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

ओलीलाई भेटेपछि दंङ्ग दृष्टिविहिन, यस्तो देखियो पार्टी प्रवेशको रौंनक

काठमाडौं । नेकपा एमालेले झापामा बृहत कार्यकर्ता प्रवेश कार्यक्रमको आयोजना गरेको छ । झापाको दमकमा ठुलो संख्यामा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने को लर्को लागेको छ । कार्यक्रमलाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी ओली झापा पुग्नुभएको छ । रेडियोबाट अध्यक्ष ओली झापामा आउने भन्ने खबर सुनेपछि दृष्टिविहिनहरु पनि पार्टी प्रवेश कार्यक्रममा सहभागि भएका छन् । अध्यक्ष ओलीको विचारबाट प्रभावित भएर आफु अर्जुनधाराबाट अध्यक्षलाई भेटन आएको दृष्टिविहिन खेमप्रसाद रेग्मीले बताउनुभयो । उहाँ सँगै गरिब दुई दर्जन दृष्टिविहिनले आज एमाले प्रवेश गरेका छन् । एमाले प्रवेशसँगै दृष्टिविहिनहरुले अध्यक्ष ओलीसँग फोटो खिचाएका थिए । साथै उनीहरुले आफुले भोग्दै आएका गुनासाहरु पनि अध्यक्षसँग राखेका छन् । ‘लामो समयदेखि अध्यक्ष ओलीसँग भेटने इच्छा थियो, आउरेभाउरे भन्दै हामीलाई लखेट्थे तर आज प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको छ।’ उनीहरुले एक्कै स्वरमा भने ।

​​​​​​​

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ४३ बजे