माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

दुर्गा प्रसाईसहित ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश

विर्तामोड– झापामा ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

चर्चित व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमाले आएका हुन् । झापाको विर्तामोडमा आइतबार भएको कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ ।

कार्यक्रमाम संविधान सभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायतको उपस्थिति छ ।
 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ४३ बजे