यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेमा पाँच हजारभन्दा बढी प्रवेश, अवसरवाद र अराजकतालाई परास्त गर्न ओलीको आह्वान

​​​​​झापा । एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन् । आइतबार बिहान झापा आइपुगेका उहाँले पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको छ । सो क्रममा उहाँले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिनुभएको छ ।  

‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ । 

करिब कार्यक्रममा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरनुभएको छ । कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो । कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईले एमाले प्रवेश गर्नुभयो । ​​​​​​​

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : ५६ बजे