माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किए

काठमाडौं । पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किनुभएको छ  । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा जानुभएका उहाँ फेरि एमालेमै फर्किनुभएको हो । 
आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उहाँले जानकारी दिनुभएको छ  ।

एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : १५ बजे