दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सानिमा र माछापुच्छ्रे बैङ्कको सेयर मूल्य समायोजन

काठमाडौँ । सानिमा बैङ्क र माछापुच्छ्रे बैङ्कको सेयर मूल्य समायोजन भएको छ । 

लाभांश वितरण र साधारण सभाका लागि आइतबार भएसँगै नेप्सेले दुई बैङ्कको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समायोजित सेयर मूल्य निर्धारण गरेको हो ।

सानिमा बैङ्कको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले ४१७ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैङ्कको १७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

त्यस्तै, नेप्सेले माछापुच्छ्रेको बोनस सेयर समायोजन पछिको भाउ नेप्सेले ३२२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैङ्कको १३ दशमलव ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । 

बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार सानिमा बैङ्कको ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैङ्कको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ५९ बजे