सुनको मूल्यमा नयाँ कीर्तिमान

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा (झापा) । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडक खण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शनिवार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ ख ३५२० नं को ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।रासस 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ४४ बजे