सुनको मूल्यमा नयाँ कीर्तिमान

धादिङमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल

धादिङ ।  पृथ्वी राजमार्गअन्तर्गत  गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रु बसमा  एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए  । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ०५ बजे