माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ हुन्छ वर्षा ? 

काठमाडौँ । देशका केही भू–भागमा आज पनि वर्षा हुने भएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर सबै प्रदेशका थोरै–थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ०७ गते (आइतबार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहने छ। सबै प्रदेशका थोरै–थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। 

बागमती र प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०८ गते (सोमबार)
दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०९ गते (मङ्गलवार)
दिउँसो
: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। 

देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ५८ बजे