‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सरकारका चारमन्त्री र प्रतिनिधिसभाका चार सांसदलाई कोरोना संक्रमण

काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् । केहीको रिपोर्ट अझै आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, नेपाल सरकारका चारजना मन्त्रीलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पर्यटनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महत्तोलाई कोरोना संक्रमण भएको छ । 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १२ : ४४ बजे