सुनको मूल्यमा नयाँ कीर्तिमान

महँगो भाडा असुल गर्ने १३ सवारीलाई कारबाही

वीरगञ्ज । चाडपर्वको मैका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महँगो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको  छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको  कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

सो कार्यालयसहित मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ । 

यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठुला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । 

यसबाट रु ५७ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ ।रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : २४ बजे