साफ यू–१७ च्याम्पियनसिप आजदेखि

इंग्ल्याण्डले पहिलो पटक वेस्ट इन्डिजलाई हरायो

काठमाडौँ । इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । 

शनिवार राति भएको खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए । 

वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे । वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए ।

यससँगै इंग्ल्यान्डले पहिलो पटक टी(ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ । जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अङ्क जोडेको छ । वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : १४ बजे