माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

स्वामी श्रीनिश्चलानन्द आज नेपाल आउँदै

सिद्धार्थनगर  । जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द आज  नेपाल आउँदै हुनुहुन्छ । 

भैरहवामा आयोजना गर्न लागिएको धर्मसभालाई सम्बोधनका लागि स्वामी श्रीनिश्चलानन्द नेपाल आउन लाग्नुभएको हो । 

भैरहवाको महेन्द्रसभा गृहमा हुने धर्मसभामा सहभागी हुने गरी नेपालका सनातन धर्म तथा ओमकार परिवारका विद्वान भैरहवा आइपुगेको पत्रकार सम्मेलनमा धर्मसभा मूल आयोजक समितिका सदस्य ब्यासमुनि आचार्य किशोर गौतमले बताउनुभयो । 

ब्यासमुनि आचार्यले वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवजारको विशेषता, पहिचान र सम्मान कायम गर्न नेपालको संविधानमा सनातन हिन्दू धर्म सापेक्षेताको पहिचान पुनः स्थापित गर्ने ध्ययेले धर्मसभा आयोजना गरिएको बताउनुभयो ।

गौतमका अनुसार समस्त ओमकार परिवारबीच एकता कायम गर्ने गरी राष्ट्र, राष्ट्रियता, स्वधर्म र स्वसंस्कृतिको रक्षाका लागि एकजुट भई विश्व ओमकार एकता महाअभियानको सिलसिलामा धर्मसभाको आयोजना गरिएको हो । 

ओमकारमूलक पन्थ, सम्प्रदाय, सङ्घसंस्था र व्यक्तिसँग विश्वस्तरमै सत्य प्रेम, शान्ति, सेवा, अहिंसा आदि मानवीय मूल्यसहित सहकार्य गरी नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनः स्थापित गर्न धर्मसभा आयोजना गरिएको बताइएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ०७ बजे