सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्लाहीमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

मलङ्गवा । सर्लाहीमा शनिवार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । 

करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया  पपितादेवी साहको मृत्यु भएको  ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिनुभयो । 

यसैगरी,  करेन्ट लागेर  नै ब्रहम्पुरी –२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनुभयो । 

विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिवार साँझ करेन्ट लागेको थियो । 

यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले  साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ०२ बजे