यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन्ः अध्यक्ष ओली  

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिनुभएको छ । 

देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोप समेत लगाउनु भयो । 

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हत्या  गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उहाँको भनाइ छ । 

तल्ला कमिटीलाई  सर्वसम्मत नेतृत्व छान्न आग्रह गर्नुभएको ओलीले सत्तारुढ गठबन्धनले  देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाउनु भएको छ ।

गठवन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भन्नुभयो , ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ११ : ०५ बजे