मन्थली विमानस्थलमा पानी पस्यो

एमाले अध्यक्ष ओलीद्वारा देशभरका ६ हजार ७४३ वडाको अधिवेशन उदघाटन

काठमाडौं ।नेकपा (एमाले) ले को आज मुलुकभर वडास्तरका अधिवेशन शुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट पार्टीका ६ हजारभन्दा वढी वडाका वडा अधिवेशन एकसाथ उद्घाटन गरेको घोषणा गर्नुभयो । 

उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्नुहँदै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान समेत गर्नुभएको छ । 

पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्नुहुँदै उहाँले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिनुभयो । 

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : ३१ बजे