यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले वडा अधिवेशन: खोटाङमा २ हजार ४४९ ले नयाँ जिम्मेवारी पाउँदै  

खोटाङ । खोटाङमा नेकपा एमालेका २ हजार ४ सय ४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । 

मुलुकभर आज भइरहेको वडा अधिवेशनअन्तर्गत खोटाङको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामा प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । 

जिल्लाका सबै वडामा सर्वसम्मत वडाको नेतृत्व टुङ्ग्याइने नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताउनुभयो।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गर्नेछन् । आसन्न १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन लागेको हो । 

प्रतिकूल मौसम तथा कावु बाहिरको अवस्थामा बाहेक वडा अधिवेशन आज सम्पन्न हुने एमालेले जनाएको छ । 

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मङ्सिरमा चितवनमा हुनेछ । 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : २६ बजे