यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमाले वडा अधिवेशन: तेह्रथुमका ४३ मध्ये १७ वडामा आज अधिवेशन हुँदै  

तेह्रथुम । तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरूमा नेकपा एमाले तेह्रथुमको वडा अधिवेशन आज हुँदैछ  ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो । 

जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ५, छथर गाउँपालिकामा १, फेदाप गाउँपालिकामा ४, मेन्छ्यायेम गाउँपालिकामा ५ र आठराई गाउँपालिकामा २  वटा वडाहरूमा अधिवेशन भइरहेको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले जानकारी दिनुभयो । 

उहाँका अनुसार लालीगुराँस नगरपालिकाको कुनै पनि वडामा अधिवेशन आज नहुने भएको छ । त्यस्तै, यसअघि नै मेन्छ्यायेम गाउँपालिकाको १,३ र ४ मा अधिवेशन सम्पन्न भएको छ । शनिवार वडा नं ५ र ६ मा हुने तयारी भएको छ । 

शनिवारबाट सुरु भएको अधिवेशन आगामी कात्तिक २४ गते सम्पन्न हुने  प्रचार विभाग प्रमुख रिमाले बताउनुभयो । 

तेह्रथुमका पालिका अधिबशेन भने कार्तिक २७ बाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ । 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  १२ : २२ बजे