साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

‘कोट मार्सलदेखि फिल्मसम्म’ सुशील

 

काठमाडौँ  । फिल्म ‘होस्टेल रिटन्स'मार्फत फिल्मी क्षेत्रमा आएका सुशील सिटौलाले ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले', ‘गाँजा-बाजा', ‘रणवीर' फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई धेरैले ‘होस्टल रिटन्स'बाटै चिन्छन् ।

तर, उनी फिल्मी यात्राभन्दा अघि थिएटरमा रमाइसकेका छन् । धनगढीका सुशीललाई बाल्यकालदेखि नै अभिनय गर्ने रहर थियो । ''मलाई अभिनय गर्ने रहर थियो तर कसरी फिल्ममा आउने भन्ने थाहा थिएन'’ सुशीलले सुरुवातीका दिनलाई सम्झिँदै भने, ''म अभिनय सिक्नकै लागि धनगढीबाट भारत पुगे ।' त्यहाँ उनी पढेर स्वदेश फर्किए ।  

उनी नेपाल आइसकेपछि अनुप बरालको एक्टर स्टुडियोमा पुगे । अभिनय सिक्ने क्रममा उनले चर्चित नाटक ‘कोर्ट मार्सल’ मा अभिनय गर्ने मौका पाए । ''उक्त नाटकपछि केही आत्मविश्वास बढेर आयो र त्यसपछि फिल्ममा अभिनय गर्ने अठोटका साथ अघि बढे'', सुशीलले फिल्मसम्मको यात्रालाई सम्झिँदै भने, ''मैले नयाँ नयाँलाई अवसर दिने मेकरका रूपमा सुनिल रावलको नाम सुने र उहाँलाई सामाजिक सञ्जाल मार्फत सम्पर्क गरे ।'' सुशील आफैँले सम्पर्क गरेर अडिसन दिए । तर, त्यो होस्टल रिटन्सको लागि थिएन , तर उक्त प्रोजेक्ट नबनेता पनि उनले अवसर पाए ।

डेब्यु फिल्म मार्फत नै दर्शकको मन जितेका सुशीलले अन्य फिल्ममा पनि आफूलाई फरक रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । ''मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु,'' सुशील भन्छन्, ''कमेडी गरे र रणवीर एक्सन पनि गरे ।'' उनले अभिनय गरेको फिल्ममा ठुलो बजेटको फिल्म 'रणवीर' नै थियो । फिल्ममै आफ्नो भविष्यलाई देखिरहेका सुशीलको सुरुवात 'कोर्ट मार्सल' बाट राम्रै रूपमा भएको थियो । 

यद्यपि फिल्म मार्फत उनले त्यो सफलता हात पार्न सकेका छैनन् । त्यसो त उनको करियरकै टर्निङ प्वाइन्टको रूपमा हेरिएको फिल्म 'रणवीर' को असफलताले पनि उनको यात्रालाई असहज बनाएको छ । 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ५६ बजे