साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाध्य नबनाउ मलाई

घरी घरी मलाई ‘कच–कच’ गर्न
बाध्य नबनाऊ
दिनेको मात्र होइन, माग्नेको पनि सीमा हुन्छ
भुईँमा लम्पसार छ मेरो आत्म–सम्मान
आत्मसमपर्णको पनि सीमा हुन्छ ।

चाहेर पनि प्राण छउञ्जेल भुईँको 
 सतहसम्म मात्र झर्न सक्छु
जीवनको यहीसम्म सीमा हुन्छ ।।

घरी घरी मलाई ‘कच–कच’ गर्न 
बाध्य नबनाऊ
दिनेको मात्र होइन, माग्नेको पनि
सीमा हुन्छ ।।।

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ३४ बजे