सुनको मूल्यमा नयाँ कीर्तिमान

विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा 

विराटनगर ।  विराटनगर विमानस्थल तीन दिनपछि आजदेखि सञ्चालनमा आउने भएको छ। 

विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन।  प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ । 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ५९ बजे