मन्थली विमानस्थलमा पानी पस्यो

 प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ ।  हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।  

यद्यपि, शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक ०६ गते (शनिवार)
​​​​​​​दिउँसो:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। 

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०७ गते (आइतबार)
दिउँसो:
 देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती :देशभर आंशिक देखि सामान्य बदली रहने छ।  बागमती र प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी  प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक ०८ गते (सोमबार)
दिउँसो :
 देशभर आंशिकदेखि सामान्य बदली रहने छ। 

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहने छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ४२ बजे