मन्थली विमानस्थलमा पानी पस्यो

 एमालेले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन 

काठमाडौँ । नेकपा (एमाले) को शुक्रवारको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

थपिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट)र मोहम्मद समीर (बारा) रहनुभएको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले शुक्रवार जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । 

उहाँहरू नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल नेता प्रभु साहनिकट रहेको जनाइएको छ ।

यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आज मुलुकभर वडा स्तर र यही कात्तिक ९ गते सबै पालिका स्तरमा अधिवेशन गर्ने कार्य तालिका रहेको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ०७ बजे