यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

काठमाडौं – नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ ।

च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

'बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ', उहाँले भन्नुभयो, 'यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छौँ ।'

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ०० बजे