काठमाडौं – नेकपा एमालेले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी १२ कात्तिकमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।
राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न र अन्य आवश्यक निर्णय गर्नका लागि केन्द्रीय कमिटी बैठक १२ कात्तिकमा बस्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । त्यस अगाडि ११ कात्तिकमा स्थायी कमिटी बस्नेछ ।
आजको बैठकले केन्द्रीय कमिटीअगावै १० बुँदे सहमति कार्यान्वयन गरिसक्ने निर्णय पनि गरेको छ । 'बैठकले १० बुँदे सहमति कार्यान्वयनका सम्बन्धमा आमरूपमा सबै ठाउँमा कार्यान्वयन हुँदै गएको र समस्या रहेको एकाध ठाउँमा केन्द्रीय कमिटी बैठकसम्म टुंग्याइसक्ने र यसका लागि सम्बन्धित नेतालाई निर्देशन गरेको छ', प्रवक्ता ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले १२ कात्तिकसम्म १० बुँदे कार्यान्वयन भइसक्ने भने पनि कार्यदलका संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नहुने भनेको भन्दै संयोजकबाट राजीनामा दिइसक्नु भएको छ ।
प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ८ : ४८ बजे
प्रतिक्रिया