मन्थली विमानस्थलमा पानी पस्यो

दशौं महाधिवेशन मूल व्यवस्थापन समितिमा २१ जनाको टुंगो, दुई केन्द्रीय सदस्य थपियो

काठमाडौं– नेकपा एमालेले चितवनमा हुने पार्टीको दसौं महाधिवेशन मूल व्यवस्थापन समति २१ सदस्यीय बनाएको छ ।

शुक्रबार साँझ बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित समितिमा सुरेन्द्र पाण्डे सहसंयोजक र विष्णु रिमाल सचिव रहनुभएको छ । सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, रघुवी महासेठ, छविलाल विश्वकर्मा, काशिनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल र दीपक सापकोटाको नाम तय गरेको हो । एकजना पछि थपिने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयनका लागि २०७७ चैत मसान्तसम्म सदस्य भएका र नवीकरण भएका पार्टी सदस्य योग्य रहने बैठकले निर्णय गरेको छ ।

राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गर्दै त्यसको प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई निर्देशन दिएको छ । पार्टी महाधिवेशनका प्रतिनिधि चयनको मापदण्डबारे छलफल गर्न कात्तिक ११ स्थायी कमिटी र कात्तिक १२ केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

महाधिवेशनमा विश्वका मित्र र भाइचारापार्टी तथा देशभित्रका राजनीतिक दलहरुलाई निमन्त्रणा गरिने ज्ञवालीले बताउनुभयो ।

बैठकले दशबुँदे समिति कार्यान्वयन हुँदै आएको र आमरुपमा कार्यान्वयन भएको र एकाथ ठाउँमा भएको समस्या आगामी केन्द्रीय कमिटी बैठकसम्म गर्ने निर्णय गरेको छ ।

एमालेले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

एमालेले सचिव योगेश भट्टराई स्वास्थ्यलाभको कामना गरेको छ भने सुनसरीका नेता ओम कोइरालाको निधन भएकोमा श्रद्धाञ्जलि अर्पण गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ३४ बजे