‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने विषयमा छलफल गर्न बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना पनि रहेको बुझिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ११ : २४ बजे