काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार ३७६ जनामा परिक्षण गर्दा ७०८ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै, आज थप ९३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३३७ पुगेको छ ।
प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ४ : १५ बजे
प्रतिक्रिया