मन्थली विमानस्थलमा पानी पस्यो

सरकारले गति पक्रन सकेन, राज्यको महत्वपूर्ण समय खेर फाल्दैछौ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामले गति लिन नसकेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले सरकार गठनको १ सय दिनसम्म पनि जनतामा आशा जगाउन काम हुन नसकेकोमा चिन्ता लागेको बताउनुभयो । उहाँले भन्नुभयो ,‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं। जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ। फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ।’ 

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो। उहाँले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडी ल्याउन ढिलाई गर्न नहुने बताउनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : १४ बजे