दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

महिला लघुवित्तको लाभांश संशोधन

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार अब कम्पनीले चार करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिनेछ भने २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यसअघि लघुवित्तले चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : ०४ बजे