दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वमा आजः भारतको पहिलो लुनार मिसन जुलियान असान्जद्वारा महत्वपूर्ण कागजात चुहावट

भारतको पहिलो लुनार मिसन
सन् २००८ मा भारतको अन्तरिक्ष अनुसन्धान संगठनले मानवरहित यान अन्तरिक्षमा पठाएको थियो ।  चन्द्रयान–१ नाम दिइएको सो यान सन् २००८ को १४ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो । यस उपलब्धिसँगै चन्द्रमामा यान पठाउने भारत पाँचौँ देश बनेको थियो ।
 
चीनमा लङ मार्च समाप्त
सन् १९३६ मा चीनका नेता माओ जेदोङको नेतृत्वमा भएको रेड आर्मीका सदस्यहरुले सुरु गरेको ६ हजार माईल लामो यात्रा द लङ मार्च समाप्त भएको थियो । 
 
प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्ति
सन् १९७९ मा फ्रान्सेली नागरिक एन्ड्रि ज्याक्स गारनेरिन फ्रान्सको राजधानी पेरिसस्थित पार्कबाट बेलुनमार्फत उडेर इतिहास रचेका थिए ।
 
जुलियान असान्जको चुहावट
सन् २०१० मा विकिलिक्सका संस्थापक जुलियान असान्जले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित हजारौ गोप्य कागजात चुहावट गरेका थिए ।

हेईटीको राष्ट्रपति
सन् १९५७ मा फान्कोइस दुभालियर हेइटीको राष्ट्रपति बनेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : २९ बजे