यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मुख्यमन्त्री भीम आचार्यले आजै विश्वासको मत लिने

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने हुनुभएको छ । 

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ । 

प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराउनु भएको थियो । 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : १४ बजे