‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाँकेमा  थप १० जनाको कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा  थप १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज १० की ७८ वर्षीया महिला, नेपालगन्ज १ का ५८ वर्षीय पुरुष, नेपालगन्ज १० का २७ वर्षीय पुरुष, भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिला, नेपालगन्ज ४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज १० का ७८ वर्षीय पुरुष, नेपालगन्ज १९ का ७७ वर्षीय पुरुष र नरैनापुर १ बाँकेका ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ बाँकेका ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनुभयो । 

योसँगै कोरोनाबाट बाँकेका १ सय ५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय २७ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : २२ बजे