मेलम्ची नगरपालिकाको अधिवेशन कार्तिक १३ मा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कार्तिक १३ गते गर्ने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको बिहीवार मेलम्ची बजारमा बसेको पुर्ण बैठकले सो निर्णय गरेको हो । केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिनपछि गर्ने भएको हो । नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तीका कारण नगर अधिवेशन सार्न लागिएको हो । उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्ने छ । अधिवेशनलाई व्यवस्थित पार्न सात उप–समिति गठन गरिएको समेत संयोजक अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ०० बजे