दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बेलायती महारानी एलिजाबेथ अस्वस्थ

लण्डन – बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् ।  महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना भएकी थिइन् ।

 ९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौं अस्पतालमा उपचार भएको थियो । उनी विगत ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना भएकी थिइन् । 

उनीले बिहीबार खाजाको समयपछि महारानीको कार्यालय विन्डसर क्यासल फर्किए काम गरेकी थिइन् । उनको उपचार कोडिभ-१९ सँग सम्बन्धीत नभएको स्थानिय मिडियाले जनाएका छन् । 
 
चिकित्सकले उनलाई एक साता आराम गर्न सल्लाह दिइएका छन् ।

महारानीले मंगलबार साँझ  विन्सर क्यासलमा आयोजिक एक कार्यक्रममा  प्रिन्स चाल्र्स, प्रिन्स विलियम र प्रधानमन्त्री बोरिस जोन्सन, बिल गेट्स र अमेरिकी जलवायु दूत जोन केरीसँग भेट गरेकी थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ४७ बजे