सुनको मूल्यमा नयाँ कीर्तिमान

बंगुर फार्म हटाउन नगरपालिकाकाे निर्देशन

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्र सञ्चालन हुँदै आएका बंगुर फार्म हटाउन निर्देशन दिएको छ ।

बंगुर फार्मले नगरभित्र फाेहाेर/प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै पालिकाले उक्त निर्देशन दिएको हो । 

चाँगुनारायण नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा आएका सबै बंगुर फार्म हटाउन भनेकाे छ ।  

स्थानीय बासिन्दाले बंगुर फार्मबाट फाेहाेर/प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेको भएकाले पालिकाले उक्त निर्णय भएको नगरपालिकाकाे प्रशासन शाखाका अधिकृत निलाकुमारी घिमिरेले जानकारी दिइन् । उनले सूचना प्रकाशित भएको ३० दिनभित्र फार्म हटाउनुपर्ने र सोबारे नगरपालिकामा जानकारी गराउनुपर्ने समेत बताइन् ।  

३० दिनभित्र बंगुर फार्म नहटाइए पालिकाले कारबाही गर्ने चेतावनी पनि दिइएकाे छ । 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ९ : ४० बजे